|

काठमाडौं : मुलुकी ऐनलाई विस्थापन गर्न लामो प्रयासपछि निर्माण भएको फौजदारी र देवानी संहिता लागू नहुँदै संशोधनका लागि राष्ट्रियसभामा विधेयक पेश भएको छ। कानुनमन्त्री भानुभक्त ढकालले केही नेपाल ऐन संशोधनमार्फत मुलुकी संहिता संशोधनको प्रस्ताव पेश गरेका हुन्।

राजधानी दैनिकमा समाचार छ, राष्ट्रिय सभाबाट संशोधन  हुने भएकाले प्रतिनिधिसभाबाट संशोधन हुने भएकाले प्रतिनिधिसभाले सिधै यसलाई छलफलमा ल्याएर पास गर्नेछ। मुलुकी संहिता ऐनलाई समय सान्दर्भिक बनाउन र केही शब्दसमेत नमिलेकाले मिलाउन संशोन गर्नुपरेको कानुनमन्त्री ढकालले बताए।

अघिल्लो संसदले पारित गरेका पाँचवटा विधेयकको ९ भागमा संशोधन दर्ता गर्ने निर्णयसरकारले गरेको थियो। कानुन मन्त्रालयले तयार गरेको ‘केही नेपाल ऐन संशोधन’मार्फत भदौ १ देखि लागू हुन लागेको संहितामा संशोधन गर्न लागिएको हो।

संशोधनमा ‘मुलुकी’पछि ‘ऐन’ हटाउँदै संहिता मात्र राख्ने प्रस्ताव राखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.