|

काठमाडाै‌ं : नेपाली यू–१५ महिला टिम समुहको अन्तिम खेलमा बंगलादेशसँग पराजित भएपछि समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भयो। नेपाल एक जितले नै सेमिफाइनलमा स्थान बनाउन सफल भयो।

तोहुरा खातुनले ४६ औ मिनेटमा बंगलादेशलाई अग्रता दिलाएकी थिईन्। ५१ औ मिनेटमा मारिया माण्डाले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारिन् भने सहज जित निकाल्ने क्रममा  ६७ औ मिनेटमा शाजिदा खातुनले गोल गरेकी थिइन्।

समूह चरणका दुवै खेलमा जित निकालेको बंगलादेश ६ अंक सहित समूह विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको छ। समूह चरणको दुवै खेलमा पराजित भएपछि पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.