|

ताइवानको एउटा अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ। ताइवानको राजधानी ताइपेईको एक अस्पतालको सातौँ तलाबाट सो आगो फैलिएको हो।

आगोका कारण अस्पतालमा उपचार गराउँदै गरेका बिरामी र कर्मचारीसहित १६ जना गम्भीर घाइते भएका छन्। गुडाउन मिल्ने एउटा खाटमा भएको विद्युतीय गडबडीपछि आगो लागेको हुनसक्ने सञ्चारमाध्यमले जनाएका छन्।  आगो लागेपछि ३३ बिरामी र तीन कर्मचारीलाई सो अस्पतालबाट बाहिर निकालिएको थियो।

सन् २०१२ मा पनि एक अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको थियो भने कम्तीमा पनि ६० जना घाइते भएका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.