|

डडेल्धुरा : तीन दिनदेखिको लगातार वर्षाका कारण डडेल्धुरा सदरमुकाममै पहिरो गएको छ। सोमबार दिउँसो अमरगढी–५ उपक्षेत्रीय अस्पताल जाने सडकमा माथिबाट पहिरो खसेको हो। 

पहिराले वीर वेताल प्याथोलोजी एण्ड रिसर्च सेन्टरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। प्याथोलोजी एण्ड रिसर्च सेन्टरका तीन वटा इमोलाइजर मेसिन, इन्भर्टरलगायतका मेसिनहरूमा क्षति पुगेको छ। ६\७ लाख रुपैयाँको क्षति भएको प्रहरीले बताएको छ। 

यस्तै अमरगढी–५ उपक्षेत्रीय अस्पताल जाने सडकमा रहेका अन्य दुई वटा पसलमा सामान्य क्षति भएको प्रहरी नायब उपरीक्षक केसीले बताए। पहिरोले वीरेन्द्र भण्डारी र सुरेन्द्र भण्डारीको पसलमा समान्य क्षति पुर्‍याएको छ। 

५० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ। यसैबीच पहिरो नेपाल प्रहरी, सशस्त्र प्रहरी र अमरगढी नगरपालिकाको डोजरको सहायताले पहिरो पन्छाइएको थियो।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.