|

रौतहट : पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरमा विद्यालय नजिकै राखिएको बम नेपाली सेनाले निष्क्रिय गरेको छ।

मंगलबार बिहान चन्द्रनिगाहपुरस्थित मुनलाइट एकेडेमी नजिक राखिएको बम इन्द्र बक्स गणबाट खटेको सहसेनानी बाबुराम पौडेल नेतृत्वको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको थियो। सोही विद्यालयका विद्यार्थीले बम देखेपछि चन्द्रनिगाहपुर त्रास फैलिएको थियो।

टिफिनको बट्टामा टेपले बेरी घडी र ब्याट्री समेत जोडिएको अवस्थामा बम देखेपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए। स्थानीयको खबरपछि पुगेको प्रहरी टोलीले  नेपाली सेनालाई खबर गरेको थियो। बमको त्रासले महेन्द्र राजमार्ग करिब डेढ घण्टा अवरुद्ध बनेको थियो। सो बम नेत्रविक्रम चन्द ‘विप्लबव’ नेतृत्व नेकपाले राखेको स्वीकारेको छ। सो पार्टीका जिल्ला सेक्रेटरी संकेतले उक्त बम आफ्नो कार्यकर्ताले राखेको स्वीकारेको जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.