|

कालिकोट : जिल्लाको विकास निर्माणमा क्षेत्रमा खर्च गर्ने गरी आएको आ.व २०७४\०७५ को विकास बजेटमा ४१ करोड २० लाख ७२ हजार बजेट 'फ्रिज' भएको छ। 

संघीय संरचनापछि स्थानीय तह बनेका कारणले स्थानीय जनप्रतिनीधिहरुको अन्यौलताका कारणले करोडौँ बजेट फ्रिज भएको छ। जनप्रतिनिधिहरुका लागि पहिलो वर्ष सिकाइको वर्ष भएकाले जन प्रतिनिधिहरुमानै अन्योल हुँदा विकासे बजेट खर्च गर्न नसकेर फ्रिज भएको कोष नियन्त्रक कार्यालय कालिकोटका प्रमुख जयकुमार कटुवालले बताए।

‘गत आर्थिक बर्षको तुलनामा यो आर्थिक वर्षमा दोब्बर बजेट खर्च गर्न नसकेर फ्रिज भएको छ।’ उनले भने,‘ आर्थिक वर्ष ०७३\७४ मा गत बर्ष भन्दा २१ करोड हाराहारी बजेट फ्रिज भएको थियो।’ कोष तथा लेखा नियन्त्रकको कार्यालय कालिकोटका अनुसार आर्थिक वर्ष ०७३\७४ वर्षको २१ करोड पाँच लाख बजेट फ्रिज भएको थियो। 

आर्थिक वर्ष २०७४\२०७५ को चालु र पुँजीतर्फ गरी चार अर्ब ४८ करोड ६ लाख ५९ हजार रहेको थियो। चार अर्ब ६ करोड ८५ लाख ८६ हजार ४०० खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय कालिकोटले जनाएको छ।

चालुतर्फको १६ करोड ९६ लाख १८ हजार बजेट फ्रिज भएको छ भने पुँजीगतको २४ करोड २४ लाख ५४ हजार बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.