|

काठमाडौं : साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर स्टारर फिल्म 'इन्टु मिन्टु लन्डनमा'को दोस्रो गीत रिलिज भएको छ। सार्वजनिक 'लन्डन'मा बोलको गीतमा सुजिल कर्माचार्यको शब्द रहेको छ भने गीतमा उनैले स्वर दिएका छन्। गीतको संगीत रचनामा नवीन किशोरी राई र कुमार बस्नेतको दन्तैमा बोलको गीतबाट उत्प्रेरित भएको लेखिएको छ। भिडियोमा धिरजलाई फिचर गरिएको छ।

रेनशा बान्तवा राई निर्देशित फिल्ममा साम्राज्ञी र धिरजसँगै विवेक लिम्बू, शारुक ताम्राकार, सुनिशा बजगाईं लगायतका कलाकारहरूको अभिनय रहनेछ। नृत्य निर्देशक रेनिशाको डेब्यु निर्देशन रहेको यस फिल्म धिरजको पनि डेब्यु फिल्म हो। ‘आई कोर फिल्मस्’को ब्यानरमा निर्माण भएको ‘इन्टु मिन्टु लन्‍डनमा’ प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबराको लगानी रहेको छ।

रोमान्टिक लभ स्टोरी फिल्ममा निर्माता प्रज्ज्वलशमशेर र निर्देशक रेनेशाको कथा रहेको छ भने सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र वसन्त सापकोटाको संगीत रहेको छ। फिल्मलाई शैलेन्द्र डि.कार्कीले खिचेका छन्। फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउनेछ।

हेर्नुस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.