|

काठमाडौंः राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व बकर इदमा सार्वजनिक विदा दिन सरकारको पुनः ध्यानाकर्षण गराएको छ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउँदै बकर ईदमा सार्वजनिक विदा दिन पुनः ध्यानाकर्षण गराएको हो। प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेपछि गठबन्धनका नेताहरुले मुस्लिम समुदायले खुशीयालीका साथ आफ्नो पर्व मनाउने अधिकार सुरक्षित गर्न पनि बकर इद पर्वमा विदा दिनुपर्ने माग गरेका थिए। त्यस अवसरमा प्रधानमन्त्री ओलीले पनि बकर इदमा विदा दिने आश्वासन गठबन्धनका नेताहरुलाई दिएका हुन्।

प्रधानमन्त्री ओलीले बकर ईदमा सार्वजनिक विदा दिने आश्वासन दिएको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका संयोजक शमीम मियाँ अन्सारीले जानकारीदिए। आगामी भदौं ६ गते बुधबार बकर इद पर्व पर्दछ। प्रधानमन्त्री ओलीले गठबन्धनका नेताहरुलाई बकर ईदमा एक दिन विदा दिने आश्वासन दिएका हुन्।

सरकारले बकर ईदमा दिने गरिएको सार्वजनिक विदा कटौति गरेपछि मुस्लिम समुदाय रुष्ट हुँदै आएका थिए। मुस्लिम समुदायले बकर ईदमा सार्वजनिक विदा नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.