|

काठमाडौं : इन्डोनेसिया जकार्तामा नेपाली फुटबल टिमले १८ औं संस्करणको एसियन गेम्स (एसियाड) मा आज आफ्नो पहिलो खेल खेल्दै छ। थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेसिया पुगेको नेपाली टिमले एसियाको पावरहाउस जापानविरुद्ध प्रतिस्‍पर्धा गर्दै छ। इन्डोनेसिया जानुअघि थाइल्यान्डमा नेपालले दुई अभ्यास खेल्यो । जहाँ नेपालको प्रदर्शन दयनीय देखिएको थियो।

नेपाल र जापानबीचको खेल सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बाट सुरु हुने छ। एसियाडको औपचारीक उदघाटन भने शनिबारबाट हुने छ। ओलम्पिक टोलीले खेल्न पाउने एसियन गेम्समा नेपालबाट सिनियर टोलीका तीन खेलाडी मैदान उत्रँदै छन्। जसमा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डरहरु रोहित चन्द र बिशाल राईले टिममा रहँदा किरणले नेपालको कप्तानी समाल्नेछन्।

नेपालले एसियन गेममा जापानसंग तीन पटक प्रतिष्पर्धा गर्दा एकपटकपनि गोल गर्न सकेको छैन्। जित सपना भने नेपालले जापानविरुद्ध अझै देखेको छैन्। नेपालले जापानसँग कुल १४ गोल आएको छ। सन् २०८६ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाल जापानसंग ५–० ले पराजित भएको थियो। सन् १९९२ मा थाइल्याण्डमा भएको एसियन गेम्समा नेपाल जापानसँग ५–० ले नै पराजित भएको थियो।

पछिल्लो पटक सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाललाई जापानले ४–० गोल अन्तरले हराएको थियो। एसियन गेम्सको समूह डीमा रहेको नेपालले जापानपछि भियतनाम र पाकिस्तानसंग खेल्ने छ। दोस्रो खेलमा नेपालले भियतनामसंग अगष्ट १६ मा खेल्ने छन्। अन्तिम खेलमा नेपाल १९ अगस्टमा पाकिस्तानसंग प्रतिष्पर्धा गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.