|

काठमाडौं : बहुप्रतिक्षित काठमाडौं तराई दुर्तमार्ग सरकारले र दाेस्राे निजगढ अन्तरन्तराष्ट्रिय विमानस्थल निजी क्षेत्रकाे लगानीमा अघि बढाउने भएकाे छ। बजेटमा समेत निजगढ विमानस्थललाई प्राथमिकतामा नराखेका अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले अहिले विमानस्थलमा लगानी नगर्ने बताए।

"दुईवटा सरकारले लगानी गरेर काम अघि बढाईसकेकाे छ, अब पनि विमानस्थलमा लगानी गर्दा हाम्रा अावश्यकता छुट्छन्"  मंगलबारकाे अर्थ समिति बैठकमा खतिवडाले भने "निजगढ विमानस्थलकाे लागि निजी लगानी अाह्वान गर्ने हाे।"

उनले काठमाडौं तराई दुर्त मार्ग भने सहयता लिएर पनि सरकारले नै बनाउने बताए। याे मार्गमा दातृ निकाय सहयता गर्न समेत इच्छुक रहेकाे खतिवडाकाे भनाई छ। " दुर्तमार्गमा दाता समेत सहयाेग गर्न इच्छा देखाएका छन् सरकारले अनुदान वा सहायता लिएर काम गर्नु भनेकाे सरकारले नै बनाउनु हाे" खतिवडाले भने।

बहुचर्चित पश्चिम सेती जलविद्युत अायाेजना सरकार अाफैँले बनाउने अबस्था समेत रहने खतिवडाकाे भनाइ छ। खतिवडाले प्रस्तुत गरेकाे बजेटमा पश्चिम सेती अायाेजना सकारले बनाउने उल्लेख गरिएकाे थियाे। तर लगानी बाेर्ड बैठकले चिनकाे थ्री गर्जेजलाई दिने गरि छलफल अघि बढाउने निर्णय गरेकाे थियाे। " पश्चिम सेतिमा पहिले केही अन्याेल देखियाे सरकार अाफै बनाउन पनि तयार हाे" खतिवडाले भने "सहयता लिएर सरकार अाफै बनाउने कुरा पनि हुन सक्छ"।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.