|

काठमाडौं : हेमराज बिसी निर्देशित फिल्म 'द ब्रेक अप'को छायांकन सकिएको छ। सोमबार फिल्मको इन्डक्ल्या पार्टी गर्दै फिल्म सकिएको जानकारी दिइएको हो।

फिल्मको छायांकन सकिएसँगै निर्माण युनिटले आफ्नो रिलिज मिति पनि सार्वजनिक गरेको छ। पहिला भदौ १५ लाई रिलिज मिति तय गरेको फिल्म अब भने पुस २७ मा रिलिज हुने भएको छ। फिल्मको छायांकन र प्रोडक्सनको काममा समय लागेकाले फिल्मको प्रदर्शन मिति सार्नुपरेको निर्देशक हेमराजले बताए।

केही दिन अघि मात्र 'द ब्रेक अप' बाट निर्माता रोहित अधिकारीले हात झिकेका थिए। उनले आफू अब फिल्म 'द ब्रेक अप'मा आबद्ध नभएको भन्दै स्टाटस पोष्ट गरेका थिए। यही विषयमा इन्डक्ल्यापमा पनि पत्रकारहरूले कुरा उठाए। यस विषयको उत्तर दिँदै निर्देशक हेमराजले आफहरू सहमतिमै छुट्टिएको बताए। उनले भने, 'हामीबीच केही आन्तरिक असमझदारी भएको हो। त्यसैले हामी सहमतिमै छुट्टिएका हौँ।' उनले उनीहरूबीचको विवाद भने बाहिर ल्याउन चाहेनन्।

अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के र इच्छा कार्कीको मुख्य भूमिका रहेको छ। फिल्ममा अहिले रूपक थापा, दीपक खतिवडा र रेनु राना निर्माताको रूपमा रहेका छन्।

फोटो : विवेक बस्याल

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.