|

काठमाडौ : वीर अस्पतालमा कार्यरत वरिष्ठ दन्त रोग विशेषज्ञ हुन्, डा. प्रकाश बुढाथोकी। चिकित्सा क्षेत्रमा मात्र नभएर सामाजिक संघ संस्थामा समेत सक्रिय रहेका डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सहकोषाध्यक्षसमेत हुन्। उनको समय बिरामी चेकअप गर्नुपर्ने समयभन्दा चिकित्सकहरूको हकहितका लागि हुने विभिन्न कार्यक्रमहरूमै बढी बित्ने गर्छ।

बिरामी जाँचपछि रहेको समयमा उनी अनुसन्धानमा आधारित विभिन्न लेख लेख्ने गर्छन्। यस्तो व्यस्तताबीच जीवन चलाइरहेका उनले आफ्नो स्वास्थ्यलाई कसरी ख्याल गर्छन् त? थाहाखबरकर्मी सविना खनालसँग डा. प्रकाश बुढाथोकीले फिटनेस फर्मुलाबारे यसरी बताए।

'उठ्नेबित्तिकै तामाको भाँडामा राखेको पानी तीन गिलास पिउँछु'

हरेक दिन बिहान साढे ५ देखि ६ बजेसम्ममा उठिसकेको हुन्छु। उठ्नेबित्तिकै तामाको भाँडामा राखेको पानी तीन गिलास खान्छु र चाँडै घरबाहिर निस्कनु छैन भने आधा घन्टादेखि ४५ मिनेट मर्निङ वाक जान्छु। मर्निङ वाक नगएको दिन घरमै शारीरिक व्यायाम गर्नुका साथै साधारण किसिमको योगा गर्छु। यसरी शारीरिक अभ्यास सकिसकेपछि कालो चिया पिउँछु र एकछिन पत्रपत्रिका तथा रेडियोहरूमा समाचार पढ्ने, सुन्ने गर्छु।

करिब ८ बजे ब्रेकफास्ट खाएर घरबाट निस्किन्छु। मेरो ब्रेकफास्टमा प्राय: बोइल गरेको अण्डा, अम्लेट, ब्रेड, एक गिलास दूध, कहिलेकाहीँ रोटी, गेडागुडीको तरकारी खान्छु। ब्रेकफास्ट सधैँ एउटै नहुने भए पनि फलफूलचाहिँ नियमित हुन्छ। एउटा केरा वा स्याउ भने ब्रेकफास्टमा नियमित खान्छु।

झोलामा सधैँ फलफूल

बिहान ८ बजे घरबाट निस्किएपछि एकै पटक बेलुकी घर जाने भएकाले खाना खाने समयको ठेगान हुँदैन, त्यसैले हरेक दिन घरबाट निस्किने बेला झोलामा सिजनअनुसारका केही फलफूल नियमित लिएर हिँड्ने गर्छु। अस्पतालमा भएको बेला ओपिडी तथा अन्य काम सकिएपछि अस्पतालको खाना तथा खाजा समय १ देखि २ बजेको बीचमा घरबाट लिएर आएको फलफूल खान्छु। केही काम परेर बाहिर गएको छु भने साथीभाइसँगै केही खान्छु। यसले गर्दा बिहानको खाना विरलै खाने बानी छ।

बेलुका खाना खाएपछि परिवारका सदस्यहरू सुतिसकेपछि करिब दुई घण्टा पढाइलाई दिन्छु। म पत्रपत्रिकाहरूमा प्राय: लेख्ने भएकाले मेरा लेखहरू लेख्ने समय यही हो।

सुत्ने बेला सधैँ दूध र फलफूल

म बेलुका करिब ८ बजे घर पुग्छु। घर पुग्नेबित्तिकै दूध चिया र घरमा बनाएर राखेको खाजा छ भने खान्छु। त्यसपछि केही समय परिवारसँग घरायसी छलफल गर्नुका साथै टिभी हेर्ने बानी छ। टिभीमा प्राय: समाचार तथा धार्मिक सिरियलहरू हेर्छु। बेलुका १० देखि ११ बजेको बीचमा खाना खान्छु। बेलुकाको खाना सादा नै खाने गर्छु। हरियो तरकारी र दाल प्राय: छुटाउँदिनँ। खाना सकेसम्म कम र अन्य खानेकुरा धेरै खान्छु।

पढाइलाई दुई घन्टा

बेलुका खाना खाएपछि परिवारका सदस्यहरू सुतिसकेपछि करिब दुई घण्टा पढाइलाई दिन्छु। म पत्रपत्रिकाहरूमा प्राय: लेख्ने भएकाले मेरा लेखहरू लेख्ने समय यही हो। भोलिपल्ट कतै महत्त्पूर्ण मिटिङमा जानु छ भने पनि तयारी गर्ने समय पनि यही हो। फेसबुक पनि यही समयमा चलाउँछु।

सुत्नु अगाडि एक गिलास दूध

माछा, मासुमा म त्यति धेरै इच्छा छैन। तर हरेक शनिबार भने मेरो घरमा माछामासु पाक्ने गर्छ। फलफूल र दूध भने म नियमित खान्छु। सुत्नु अगाडि एक गिलास दूध र सिजनअनुसारको फलफूल नियमित खाएर मात्रै सुत्छु। शरीरमा केही अप्ठ्यारो महसुस गर्दाबाहेक अन्य समयमा अझसम्म स्वास्थ्य परीक्षण गर्ने गरेको छैन तर दाँतको भने एकदम केयर गर्छु। हरेक दिन घरबाट हिँड्नु अगाडि र सुत्नु अगाडि अनिवार्य दाँत माझ्ने गर्छु।

उपत्यकामा हुँदा अफिसकै कामले आफ्नो तथा परिवारका लागि दिने समय एकदम कम हुन्छ। विभिन्न शिविरहरूमा तथा अन्य कामको सिलसिलामा जाँदा घुम्ने गर्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.