|

धनगढी : प्रदेश -७ प्रदेशसभाको मंगलबारको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। म‌ंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ। 

बैठकमा प्रदेश ७ प्रदेशको कर तथा गैरकरका राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफल गर्ने र मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक २०७५ टेबुल गर्ने कार्यसूची थियो। 

बैठक स्थगन हुनुपर्ने कारण भने बुझ्न नसकिएको सचिवालयका सचिव बालाराम शर्माले बताए। प्रदेशसभाको अर्को बैठक आगामी भदौ ६ गते दिउँसो १ बजेका लागि तोकिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.