|
एजेन्सी

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणको विवाहको मिति तय भएको खबर आएको छ। लामो समयदेखि बलिउडमा रणवीर र दीपिकाको प्रेम सम्बन्धलाई लिएर बलिउडमा चिर्चाको विषय बनेको थियो।

रणवीर र दीपिकाले नोभेम्बर २० मा विवाह गर्न लागेको फिल्मफेयरले उल्लेख गरेको छ। मितिसँग विवाह हुने स्थानको समेत टुंगो लागेको छ। उनीहरूले इटलीमा विवाह गर्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। उनीहरूका विवाह र प्रेम सम्बन्धका विषयलाई लिएर विगतमा विभिन्न सञ्चार माध्यममा खबर आएको भएता पनि ती सबै गसिपमा सीमित भएका थिए।

उनीहरूको वैवाहिक समारोहमा केही साथी र आफन्तलाई बोलाइने बताइएको छ। इटालीमा हुने वैवाहिक समारोहमा परिवार र निकट साथीहरू गरी करिब ३० जना सहभागी हुने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। विवाहपछि भने भारतमा भव्य पार्टीको आयोजना हुने बताइएको छ।

रणवीर र दीपिकालाई मन पर्ने देश इटाली भएकाले वैवाहिक समारोहको आयोजना गर्ने निर्णय गरेका हुन्। दुवैले विवाहका लागि इटालीस्थित लेक कोमो मुन्यूलाई फाइनल गेका छन्। दीपिका र रणवीरभन्दा पहिला पनि क्रिकेटर वराट कोहली र अभिनेत्री अनुष्का शर्माले पछिल्लो वर्ष इटालीको टस्कनीमा सुटुक्क विवाह गरेका थिए।

रणवीर र दीपिकाबीच सन् २०१३ देखि निकटता बढेको थियो। 'गोलियों की रासलीला: रामलीला' को सुटिङका क्रममा उनीहरू नजिकिएका थिए। उनीहरुले एकसाथ विभिन्न फिल्ममा काम गरेका छन्। पछिल्लो पटक गत जनवरीमा रिलिज भएको 'पद्मावत'मा उनीहरूसँगै देखिएका थिए। सामाजिक सञ्जालमा यो जोडीको फ्यान फलोइङ ठूलो छ। उनीहरूको प्रेम सम्बन्धलाई दर्शाउनका लागि फ्यानहरूले उनीहरूलाई 'दीपवीर'को ट्यागसमेत दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.