|

विश्व चर्चित स्पेनिस लालिगा फुटबल अब फेसबुकबाट मात्र हेर्न पाइने भएको छ। फेसबुकले आगामी तीन वर्षका लागि भारतीय उपमहाद्वीप क्षेत्रका देशहरूको प्रत्यक्ष प्रसारण अधिकार लिएपछि अब टिभीबाट लालिगा हेर्न नपाइने भएको छ।

यसअघि यो क्षेत्रमा ला लिगा सोनी पिक्चर्स नेटवर्कले प्रत्यक्ष प्रसारण गर्दै आएको थियो। अब यो क्षेत्रमा ला लिगाअन्तर्गतको ३ सय ८० खेल प्रत्यक्ष प्रसारण हेर्न फेसबुक मात्र विकल्प हुनेछ। सम्झौतापछि नेपालसहित, भारत, बंगलादेश, भुटान, अफगानिस्तान,माल्दिभ्स, श्रीलंका र पाकिस्तानमा रहेका लालिगा समर्थकहरूले अब फेसबुक ओपनको विकल्प छैन। 

यो क्षेत्रमा ३ सय ४८ मिलियन फेसबुक प्रयोगकर्ताहरू रहेका छन्। सर्वाधिक धेरै फेसबुक चलाउने प्रयोगकर्तामध्ये यो क्षेत्र पनि भएकाले फेसबुकले एक्सलुसिभ डिल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरूले जनाएका छन्। यसअघि सोनीले यो क्षेत्रमा लाइभ ३२ मिलियन डलरमा कनेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.