|

धनकटा : धनकुटा नगरपालिका-४ देब्रबासबाट लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध ११ किलो गाँजासहित धनकुटाको सहिदभूमि गाउँपालिका-३ निवासी २३ वर्षीय अभिषेक राईलाई पक्राउ गरेको हो।

सोमबार बेलुका शंकास्पद अवस्थामा हिँडिरहेको तथा गाँजा बोकेको भन्ने विशेष सुराकको आधारमा प्रहरीले राईलाई चेक गर्दा दुईवटा जेब्रा झोलामा बाकी ल्याएको अवस्थामा उक्त गाँजा बरामद गरिएको धनकुटा प्रहरी प्रवत्ता डिएसपी उमेश लम्सालले जानकारी दिए। पक्राउ परेका राईलाई हाल हिरासतमा राखिएको र लागुऔषध ऐन २०३३ बमोजिम कारबाही हुने डिएसपी लम्सालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.