|
फाइल तस्बिर

काठमाडौंः इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ। नेपाल र जापानबीचको खेल इन्डोनेशियाको सिकाराङस्थित विबावामुक्ति रङ्गशालामा नेपाली समयानुसार साँझ पौने ७ बजे शुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 

इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिकरुपमा उद्घाटन हुने १८ औँ एशियाली खेलकूदको फुटबलतर्फकको प्रतिस्पर्धा भने अहिले चलिरहेको छ। थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेशिया पुगेको नेपाली टोलीले आज जापानसँग खेल्दै एशियन गेम्सको शुरुवात गर्न लागेको हो। 
इन्डोनेशिया जानुअघि नेपाली टोली थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको थियो। ती दुवै खेलमा नेपाल पराजित भएको थियो। 

एशियन गेम्सको समूह ‘डी’ मा रहेको नेपालले जापानपछि भियतनामसँग यही साउन ३१ मा भियतनाम र भदौ १ गते पाकिस्तानसँग खेल्नेछ। नेपालभन्दा जापान निकै बलियो टोली हो। जापान फिफा बरियतामा ६१ औँ र नेपाल १६१ औँ स्थानमा छ। जापान विश्वकपको अन्तिम १६ सम्मको यात्रा गरिसकेको मुलुक हो।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.