|

दार्चुला: नेपाल टेलिकमको सेवा अबरुद्ध भएपछि सिमावर्ती क्षेत्रमा भारतीय सञ्चार सेवा एयरटेलले बजार पाएको छ। दार्चुलाका सञ्चारकर्मी र स्थानीयले भारतीय सञ्चार सेवा एयरटेलको प्रयोग गरेर दैनिक कार्य सञ्चालन गरेका छन्।

नेपाल टेलिकम पूर्ण अबरुद्ध भएको र एनसेलको सेवा पनि गुणस्तरीय नभएकाले भारतीय सञ्चार सेवा एयटेलको प्रयोग गरेको लोटस कम्प्युटर इन्स्टिच्युटका प्रबन्धक जहेन्द्र महराले बताए। फोज जी चल्ने र सेवाको गुणस्तर पनि राम्रो भएकाले एयरटेलको सिम प्रयोग गरेको उनले बताए। पछिल्लो दुईहप्तामा आफ्नो पसलबाट झण्डै २० जना नेपालीले एयरटेलको सिम र डाटा प्याकेज लिएको सिमावर्ती धारचुलामा मोवाइल व्यवसाय गर्दै आएका रोहित कुमारले बताए। नेपाल टेलिकमको सेवा अबरुद्ध भएपछि आफूले पनि भारतीय सञ्चार सेवा एयरटेलको सिम प्रयोग गरी डाटा चलाई रहेको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिंह धामीले बताए।

टावरमा विद्युत् लाइन जोडिदै

जिल्लाको मूख्य टावरमा नै पावर डाउन भएपछि उक्त टावरमा विद्युत जडान गर्ने कार्य सुरु गरिएको छ। मालिकार्जुन गाउँपालिका-२ बलशिखरको डाडामा रहेको टेलिकमको मुख्य रिपिटर टावरमा रहेको सोलार पावर घाम नलाग्दा डाउन भएपछि दार्चुलाको इन्टरनेट तथा फोन सेवा अबरुद्ध छ। घामको भरमा सञ्चालन हुँदै आएको बलशिखर रिपिटर टावरमा पछिल्लो समय विद्युत् लाइन जोडिने भएको छ। मुख्य रिपिटर टावर नै घामको भरमा सञ्चालन हुँदा टेलिकमको सेवा प्रभावकारी नभएका भन्दै केही दिनभित्रै टावरमा विद्युत् लाइन जोड्न लागिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए।

मंगलवारसम्म बलशिखर रिपिटर टावरमा टु फेजको विद्युत् लाइन जोड्ने तयारी भइरहेको टेलिकम प्रमुख गुरुङको भनाई छ। यस्तै थ्री फेजको विद्युत् लाइनका लागि २/३ महिना लाग्ने भएकाले अल्पकालीन व्यवस्थाका लागि टु फेजको विद्युत् लाइन जोडिने र विस्तारै थ्री फेजको विद्युत् लाइन जोडिने नेपाल टेलिकम प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए।

शनिबार बेलुकीदेखि मंगलबार बिहानसम्म अबरुद्ध छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.