|

काठमाडौं : वरिष्ठ पत्रकार भैरव रिसाल र भरतराज पोखरेलको संयुक्त पुस्तक ‘नेपालका मन्त्री र सांसदहरू’ को परिमार्जित तेस्रो संस्करण विमोचन भएको छ। रिसालको ९१औँ जन्मदिनको अवसर पारेर मंगलबार काठमाडौंमा उक्त पुस्तकको विमोचन गरिएको हो।

पुस्तकमा २००७ सालदेखि हालसम्मका मन्त्री सांसद, प्रदेशका मन्त्री र सांसदको समेत सूची रहेको छ। यस्तै, गणतन्त्र स्थापनापछिका  राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीहरू तथा २००७ सालदेखि अहिलेसम्मका मन्त्रिपरिषद्‍का सचिव र मुख्यसचिवहरूको समते नामवली समावेश छ।

उक्त पुस्तकमाथि प्राध्यापक कृष्ण खनाल र डाक्टर देवेन्द्रराज पाण्डेले बोलेका थिए। उनीहरूले उक्त पुस्तकबाट नेपालमा हुने सत्ता परिवर्तनलाई सहजै बुझ्न सकिने बताए। खनाल र पाण्डेले रिसाल जिउँदो इतिहास भएकाले उनीबाट धेरै कुरा सिक्न सकिने पनि बताए। ९१ वर्षको उमेरमा पनि युवाको जस्तै जोस र जाँगरका कारण उक्त पुस्तक बजारमा आउन सफल भएको उनीहरूले भनाइ थियो। 

वरिष्ठ पत्रकार रिसालले जीवनमा पत्रकारिताकै कारण विद्वानहरूलाई साथीका रूपमा पाएको बताए। उनले पेशाले सबैसँग नमीठो बोल्नुपरे पनि सबैको माया पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.