|
एजेन्सी

इटालीको गेन्वा शहरमा एउटा पुल भत्किँदा दर्जनभन्दा व्यक्तिहरूको मृत्यु भएको छ। मंगलबार भिडक्टको ए सेक्सनमा रहेको ए१० मोटरवए पुल भत्किँदा कार र ट्रकहरू भग्नावशेषमा फसिरहेको अग्नी नियन्त्रकहरूले बताएका छन्।

इटालियन सञ्चार माध्यमहरूले पुलको २०० मिटर पूर्णरूपले भत्किएको बताएका छन्। भत्केको पुलमुनि झण्डै आठ/नौवटा गाडी दबिएका एक प्रत्यक्षदर्शीले बताए। पुल भत्केर ५० मिटर तल खसेको छ।

एम्बुलेन्स सेवालाई उद्धृत् गर्दै इटालियन समाचार एजेन्सीले एक दर्जन व्यक्तिको मृत्यु भएको बताएको छ। उद्दारकर्ताहरूले उक्त भग्नावशेषमा उद्दार कार्य सुरू गरिसकेको जनाइएको छ। उद्दारका क्रममा एकजनालाई जीवितै भेटिएको र उसलाई हेलिकोप्टरमार्फत हस्पिटल पठाइएको छ।

एकजना एम्बुलेन्स सञ्चालक अधिकारीलाई उद्धृत् गर्दै रोयटरले दुईजना घाइते भएको तर ठूलो संख्यामा हताहत भएको बताएको छ। अग्नी नियन्त्रण विभागका अनुसार भिडक्ट शहरको पश्चिम क्षेत्रस्थित एक नदीमाथि रहेको उक्त पुल उद्योग क्षेत्र नजिकै  रहेको छ। उक्त घटनापछि त्यसतर्फ जाने सवारीसाधनलाई निषेध गरिएको छ, जसले गर्दा पुलको मुखमा सयौँ सवारीसाधन रोकिएका छन्।

पुल भत्किनुको कारण अहिलेसम्म खुल्न सकेको छैन। सन् १९६० मा निर्माण भएको थियो उक्त पुलको पुनर्निर्माण भने सन् २०१६ गरिएको थियो।

इटालीका यातायातमन्त्री डेनिलो टोनिनेल्लीले घटना दुःखद् पूर्ण रहेको बताएका छन्। साथै उक्त घटनाको निरीक्षणका लागि आफू घटनास्थलमा आउँदै गरेको ट्वीटरमा उल्लेख गरेका छन्। उनले ट्वीटरमा शेयर गरेको भिडियोमा घटनास्थलमा पानी परिरहेको देखिनुका साथै उद्दारकर्ताहरूले उद्दार गरिरहेको देखाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.