|

काठमाडौं : फिल्म ‘मेरी मामु’को पोष्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पाँच पोष्टरमा आयुव सेनलाई प्रमुख बनाएर प्रस्तुत गरिएको छ। पोष्टरमा आयुवसँगै फिल्मका अन्य कलाकार सारुक तम्राकार, अश्लेषा ठकुरी र कुशुम श्रेष्ठलाई पनि देख्न सकिन्छ।

‘प्रेम गीत’ तथा ‘प्रेम गीत २’ जस्ता सफल फिल्म निर्माण गरेका निर्माता सन्तोष सेनले निर्माण गरेको मेरी मामुलाई यम थापाले निर्देशन गरेका हुन्। फिल्ममा आयुवको आमाको भूमिकामा कुसुङ गुरुङ प्रस्तुत छिन्। 

भदौ १५ गतेबाट देशैभर प्रदर्शनमा आउने फिल्मलाई पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनले खिचेका हुन् भने बनिश शाह र भुपेन्द्र अधिकारी यस फिल्मका सम्पादक हुन्।

रिलिज मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार-प्रसारलाई पनि तिव्र पारिरहेको छ। हालैमात्र निर्माण युनिट मोफसल पुगेर फिल्मको प्रचार गरेर फर्किएको छ। अब पुन: मोफसलमा पुगेर विभिन्न सहरहरूमा कन्सर्ट गर्ने निर्मता सेनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.