|

रुकुम : रुकुम पूर्व सिस्ने गाउँपालिका -६ बाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिस्ने गाउँपालिका-६ बस्ने हिराबहादुर शाहीलाई भरुवा बन्दुकसहित प्रकाउ गरिएको हो।  

शाहीको घरमा प्रहरीले खानतलासी गर्दा एक नाले बन्दुक, त्यसमा प्रयोग हुने २५० ग्राम बारुद, चारवटा फलामका टुक्रा, पाँचवटा फलामका डल्ला, ३० वटा ढुंगाका टुक्रा र दुईवटा सेतो केप बरामत गरिएको प्रहरीले जनाएको छ। पक्राउ गरिएका शाहीविरुद्ध मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.