|

पर्वत : नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गर्दाको दिन मंगलबार म्याग्दीमा दुईवटा विस्फोट भएका छन्।

मंगलबार बिहान ६ बजे ठूलो आवाजसहित विस्फोट भएको बेनी नगरपालिका २ ज्यामरुककोटको खवर आसपासको क्षेत्रमा साँझ पनि ६ बजे नै ठूलो आवाजसहित विस्फोटक पदार्थ पड्किएको छ। पर्यटकीयस्थल लभ्लीहिल जाने क्षेत्रमा ठूलो आवाज आउने गरी बम विष्फोटको आवाज सुनिएको र धुँवाको मुस्लो पनि देखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए। बिहानै विस्फोटबाट त्रसित बनेका नागरिकहरू साँझ पनि विस्फोटको आवाज सुनेपछि झनै त्रसित बनेका छन्।

उक्त विस्फोट गराएको विषयमा अहिलेसम्म कसैले पनि जिम्मा नलिएको पनि प्रहरी नायव उपरीक्षक बुढाले बताए। विप्लव नेतृत्वको नेकपाले केन्द्रीय प्रवक्ता खड्गबहादु विक प्रकाण्ड पक्राउ परेको विरोधमा मंगलबार बन्द गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.