मजदुर आन्दोलनका कारण निर्माण कार्य ठप्प

|
फाइल तस्बिर

संखुवासभा : जिल्लाको मकालु गाँउपालिकामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना अरुण–३ जलविद्युत् परियोजनाको ड्याम साइड नुमको  फ्याक्सिन्दा काम गर्ने एकजना मजदुरको मृत्यु भएको छ।

कालीकोट जिल्ला खाँडाचक्र नगरपालिका १ का २६ वर्षीय केशव शाही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। उनको सोमबार साँझ ६ बजेको समयमा सुरुङ मार्ग अगाडि काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा लागेको मृत्यु भएको हो। उनको शवलाई  मंगलबार  जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ भने शवलाई उनको गृह जिल्ला बुधबार पठाइने प्रहरी निरीक्षक रामजी कटुवाले बताए छ।

सुरुङ मार्गमा काम गर्न मजदुरको मृत्यु भएपछि त्यहा काम गर्ने नेपाली मजदुरले काम ठप्प पारेका छन्। यती ठूलो आयोजना चलिरहेका भएता पनि काम गर्ने मजदुरलाई 'सेफ्टी' (सुरक्षात्मक)का सामग्री नदिएको र समय तोकिएको समयभन्दा बढी काम लगाएको कालिकोटका जंग शाहीले गुनासो गरे। विभिन्न माग राखेर मजदुरहले निर्माण कार्य ठप्प पारेको मजदुर शाहीले बताए। उनले भने, 'मजदुरको सुरक्षाका लागि केही पनि सेफ्टीका सामान उपलब्ध गराएको छैन, निर्माण कार्यको बेला सामान्य चोटपटक लाग्दा पनि उपचारको लागि प्राथमिक उपचारको व्यवस्था छैन र काम गर्ने मजदुरको सुरक्षामा लापरबाही भएकाले काम ठप्प पारिएको हो।'

उनले राष्ट्रिय गौरवको आयोजनाले निर्माण भइरहँदा त्यहा काम गर्ने कुनै पनि मजदुरले पिडिएमा उल्लेख गरिएअनुसारका विषयहरू लागू नभएको बताए। निर्माणका क्रममा ठाँउअनुसार सेफ्टीका विभिन्न सामग्री प्रयोग गरिनु पर्ने भए पनि सामान्य खालका केही सामग्री मात्र भएकाले अन्य मजदुरको पनि सुरक्षाको नभएको शाहीको भनाइ छ।

नौ सय मेघावाट विद्युत्त उत्पादन हुने उक्त जलविद्युत्त आयोजनाको निर्माण भारतीय सतलज कम्पनीले गर्दै आइरहेको छ। सन् २०२२ सम्म निर्माण कार्य सम्पन्न गर्ने आयोनाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.