|
प्रतीकात्मक फोटो

लहान : सप्तरीको दुई छुट्टाछुट्टै ठाउँमा मंगलबार साँझ पाखेरीमा डुबेर दुईजनाको मृत्यु भएको अवस्थामा शव भटिएको छ।

सप्तरीको रुपनी गाउँपालिका २ का करिब ४० वर्षीय रामउद्गार सदा पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीका अनुसार बिहान सबेरैदेखि मादक पदार्थ सेवन गरी हराई रहेका सदा आफन्तले खोज्ने क्रममा मंगलबार साँझ स्थानीय सार्वजनिक पोखरीमा मृत अवस्थामा भेटिएका हुन्।

त्यस्तै, सप्तरीको शम्भुनाथ नगरपालिका ७ भगवतपुरमा करिब ४५ वर्षीय पल्टु सदा पोखरीको डिलमा मृत अवस्थामा भेटिएका छन्। स्थानीय सन्देव सदाको घर पछाडिको पोखरीको डिलमा डाक्नेश्वरी नगरपालिका ८ गम्हरिया परवाहाका सदा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आफन्तको घरमा आएका सदाको शव कसरी पोखरीको डिलमा मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

प्रहरीले दुवै शवको पोष्टमार्टमका लागि सदरमुकाम राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल पठाइएको जनाएको छ।

त्यसअघि मंगलबार नै जिल्लाको दक्षिणवर्ती बलान बिहुल गाउँपालिका २ पत्थरा टोलमा पोखरीमा डुबेर चार वर्षीय बालक रञ्जित कुमार साह र महादेवा गाउँपालिका २ महदेवा गाउँमा करेण्ट लागेर कपलेश्वर मण्डलको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.