सुर्खेत : कर्णाली प्रदेशमा जति खोलानाला छन्, ती सबै कुनै न कुनै कम्पनीले ओगटेर बसेका छन्। तीमध्ये अधिकांशले आयोजनाको प्रारम्भिक सर्भेमै वर्षौँ बिताएका छन्।
आर्थिक अभियान दैनिक लेख्छ, विद्युत् विकास विभागको तथ्यांकअनुसार हाल इजाजत लिएका कम्पनीले मात्रै निर्माण गर्ने हो भने पनि यो प्रदेशमा नौ हजार ३५९ मेगावाट विद्युत् उत्पादन हुन्छ। दैलेखको द्वारीखोला आयोजना(३.७५ मेगावाट बाहेक यो प्रदेशमा विद्युत् उत्पादन भएका अन्य ओजना छैनन्।
विभागका अनुसार कर्णाली प्रदेशमा विद्युत् आयोजना निर्माणका लागि ५५ कम्पनीले इजाजत लिएका छन्। सर्भे लाइसेन्स लिएका २१, सर्भे लाइसेन्सको निवेदन प्रक्रियामा रहेका आठ, उत्पादन लाइसेन्सको पर्खाइमा रहेका एक र सरकारकै ‘रिजर्भ’मा रहेका २१ आयोजना छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नौ आयोजना निर्माणोन्मुख अवस्थामा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।