|

धनगढी : स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका वेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ।

नयाँ पत्रिका दैनिकका अनुसार आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्न पनि स्थानीय बासिन्दाले उपमहानगरपालिकालाई कर तिर्नुपर्ने भएको छ। घाँस दाउरा गर्न खहरे खोला तर्ने नागरिकबाट कर उठाउन उपमहानगरपालिकाले ठेकेदारलाई जिम्मा दिएको छ।

अब डुंगामा खोला तर्दा प्रतिव्यक्ति २५ रुपैयाँ, साइकलको १५, मोटरसाइकलको ३०, चौपायाको १५ र सामानको प्रतिबोरा १५ रुपैयाँ कर लिने निर्णय गरिएको छ।
उपमानगरपालिकाका लेखा अधिकृत लेखनाथ ओझादे एक खोला एक घाटको १२ हजार रुपैयाँमा ठेक्का भइसकेको र अरु प्रक्रियामा रहेको बताए।

धनगढी उपमहानगरपालिकाभित्र तीन चार दोलामा एक दर्जन घाट छन्। प्रत्येक घाटमा ठेकेदार परिचालन हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.