|

भक्तपुर : गणेश मन्दिरबाट सूर्यविनायक चोकतर्फ आउँदै गरेको बा १९ प ३३६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

सूर्यविनायक नगरपालिका–६ स्थित थापा पार्टी प्यालेसअगाडि म‌गलबार साँझ भएको घटनामा सिन्धुपाल्चोक चौतारा घर भई हाल सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने ७० वर्षीया लक्ष्मीदेवी श्रेष्ठको मृत्यु भएको हो। गम्भीर घाइते उनको उपचारका क्रममा ललितपुर इमाडोलस्थित किष्ट अस्पताल मृत्यु भएको हो। 

घाइते भएकी ६४ वर्षीया मैया श्रेष्ठको उपचार सल्लाघारीस्थित डा.इवामुरा अस्पतालमा  भइरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

ठक्कर दिने मोटरसाइकल चालक सूर्यविनायक– ८ सिपाडोलका ३८ वर्षीय सानुभाई नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.