|

भद्रपुर (झापा) : भारतको विभिन्न स्थानबाट नेपाली नक्कली नोट बनाएर नेपाल भित्राउने लागेका दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। 

नक्कली नोटसहित पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्यस्थित दार्जिलिङ जिल्ला सिलगुढी निवासी ४० वर्षीय सतीश अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेश अग्रवाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

पक्राउ परेका सतिसको साथबाट एक हजार दरका ३३ र हितेशको साथबाट १७ थान गरी नेपाली ५० हजार रुपैयाँ नक्कली नोट फेला परेको छ। बस्नेतका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ स्थित मेची भन्सार कार्यालय अगाडिबाट पक्राउ गरेको हो । 

यता पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ। नक्कली नोटको कारोबार नेपालमा कहाँ गरिन्छ र कहाँबाट ल्याइएको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको उनलको भनाइ छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.