खेलकुद

नेपाली क्रिकेटरलाई राष्ट्रपतिको दिवाभोज
SHARES

साउन ३०, २०७५

    काठमाडौं : नेडरल्यान्डमा एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेको राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भेट गरी मंगलबार बधाइ दिएकी छिन्। भण्डारीले नेपाली क्रिकेटरलाई निवास मै बोलाएर दिवाभोजको आयोजना गरेकी हुन्। 

    नेडरल्यान्डविरुद्धको एक दिवसीय शृंखलामा नेपालले पहिलो खेलमा हार व्यहोरेको थियो भने दोस्राे जित हात पारेको थियो। कार्यक्रममा राष्ट्रपति भण्डारीले मिडिया मार्फत क्रिकेटलाई नजिकबाट नियालिरहेको भन्दै सम्भावना भएका खेललाई बढी मलजल गरी फल प्राप्त गर्नेतर्फ सरोकार निकायले चासो दिनुपर्ने बताइन्। 

    राष्ट्रपति भण्डारीले क्रिकेटको समस्या समाधान गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताइन्। ‘क्रिकेट समस्या समाधान गर्न आवश्यक परे मेरो तर्फबाट सहयोग हुन्छ। यो मेरो इच्छा हो। आश्वासन होइन। म खेलकुदको विकास भएको हुर्ने चाहन्छु’, राष्ट्रपति भण्डारीले भनिन्, ‘क्रिकेटको समस्या चाँडो समाधान होस्। उल्झनको विषय नबनाऊँ।’

    राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै बधाइ दिइन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सीमित स्रोत र साधनका बावजुद क्रिकेट टोलीले हासिल गरेको सफलता सराहनीय भएको बताए।

    सदस्य–सचिव विष्टले मूलपानी क्रिकेट रंगशालाको जग्गा मुआब्जाको समस्या क्याबिनेटबाट सम्बोधन भइसकेको भन्दै चाँडै क्रिकेटको निलम्बन पनि फुकुवा हुने बताए। सदस्य–सचिव विष्टले देशका विभिन्न भागमा क्रिकेटका पूर्वाधार निर्माण भइरहेको जानकारी गराए। यस्तै भदौ २ गतेदेखि इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा नेपालको सहभागिताबारे भण्डारीलाई संक्षिप्त जानकारी गराएका थिए।

    उनले इन्डोसिया एसियाडमा नेपालले अहिलेसम्मकै उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्दै विगतको भन्दा एसियाडको तयारी राम्रो भएको बताए। क्रिकेट मुख्य प्रशिक्षक जगत टमाटाले धेरै संघर्षपछि क्रिकेटले अहिलेको सफलता हासिल गरेको बताए।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]