राजनीति

विपदबाट विस्थापित सबैलाई अनिवार्य पुनर्वास
SHARES

साउन ३०, २०७५

    काठमाडौं :  जुनसुकै विपदबाट विस्थापितलाई सरकारले अब अनिवार्य पुनर्वासको व्यवस्था गर्नुपर्ने भएकाे छ। संविधानको धारा ३७ मा रहेको मौलिक हक ‘आवासको हक’ कार्यान्वयनका लागि सरकारले नयाँ विधेयक ल्याएको हो।

    मंगलबार संसदमा दर्ता भएको आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बाढी,  पहिरो, भूकम्प, आगलागीजस्ता विपदबाट विस्थापितका लागि यस्तो व्यवस्था गरिएको हो। विपदबाट पूर्णरुपमा बिस्थापित भएको व्यक्ति तथा परिवारको नाममा अन्यत्र जग्गा नभएको वा जग्गा भएपनि भौगोलिक वा अन्य कारणले बसोबास गर्न अनुपयुक्त रहेको र घर बनाउन पैसाको जोहो गर्न नसक्ने अवस्थामा सरकारले उचित पुनर्वासको प्रबन्ध गर्नुपर्ने विधेयकमा उल्लेख छ।

     त्यस्तो व्यक्ति वा परिवार कुनै आर्थिक उपार्जनको कार्यमा संलग्न भएमा प्रचलित कानूनबमोजिम सरकारले सहुलियतपूर्ण कर्जा तथा आंशिक अनुदान प्रदान गरी पुनर्वासको व्यवस्था गर्न सक्नेछ। पुनर्वासको व्यवस्था गर्दा संभव भएसम्म सम्बन्धित व्यक्ति तथा परिवारको सामाजिक, सांस्कृतिक पक्ष तथा जीविकोपार्जनको विषयलाई पनि ध्यान दिनुपर्ने विधेयकमा उल्लेख छ।

    यसरी उपलब्ध गराइने आवास संघीय, प्रदेश वा स्थानीय तहको स्वीकृति नलिई धितो राख्न, बेचबिखन गर्न, भाडामा वा लिजमा दिन वा अन्य व्यक्तिलाई स्वामित्व हस्तान्तरण गर्न प्रतिबन्ध लगाइएको छ। तर प्रचलित कानुन बमोजिमको अंशियारका बीचमा अंशबण्डा गर्न र उनीहरूको शेषपछि हकवालाको नाममा नामसारी गर्न भने बाधा नपर्ने विधेयकमा उल्लेख छ।

    झुठा विवरण पेश गरी आवास सुविधा लिनेलाई दुई वर्षसम्म कैद वा पाँच लाख रुपैयाँ सम्म जरिवाना र आवास सुविधाको दुरुपयोग गरी अन्य प्रयोजनमा प्रयोग गरे एक वर्षसम्म कैद वा तीन लाख रुपैयाँ जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ। आवासविहीनको पहिचान गरी उनीहरूलाई पनि आवासको सुविधा उपलब्ध गराउने विधेयकमा उल्लेख छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]