|

श्रीलंका र दक्षिण अफ्रिका बिचको एक खेलको टि–२० मा घरेलु टोली श्रीलंकाले बाजी मारेको छ। एकदिवसीय श्रृङखला ३–२ ले गुमाएपनि श्रीलंकाले टि–२० मा भने ३ विकेटको जित निकाल्यो।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १६ ओभर ४ बलमा सबै विकेट गमुाएर ९८ रनमात्र बनाएको थियो। उसका लागि क्वीन्टन डी ककले सर्वाधिक २० रन बनाएपनि अन्यको प्रदर्शन गतिलो रहेन्। थप स्कोरका रुपमा रेजा हेन्ड्रिक १९, हेनिरिक कलासेन १८ , डेभिड मिलरले १४ तथा जुनियर डालाको १२ रन रह्यो।
अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका लक्सन सन्दकनले १९ रन खर्चिएर ३ विकेट लिए। अकिला धनञ्जय र धनञ्जय डी सिल्भाले समान दुई विकेट लिए।

९९ रनको झिनो लक्ष्य पछ्याएको श्रीलंकाले २४ बल बाँकी छँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। श्रीलंकाका लागि वेस्टइन्डीज विरुद्धको दोस्रो टेस्टमा बल टेम्परिङ गरेको अभियोगमा प्रतिबन्धमा परेका दिनेश चण्डिमलले उत्कृष्ट प्रदर्शन गरे। प्रतिबन्ध पछि पहिलो टि–ट्वान्टी खेलका विकेटकिपर ब्याट्सम्यान चण्डिमलले अविजित ३६ रन जोडेका थिए। धनञ्जय डि सिल्भाले ३१ रन जोडे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.