|

इटलीको जेनोआ शहरमा एउटा प्रमुख राजमार्गमा रहेको पुल भत्किंदा  मृत्यु हुनेको संख्या ३५ पुगेकाे छ। 

इटालीको समाचारसंस्था एन्साका अनुसार आँधीबेहरी आएको बेला पुल भत्के पछि ५ जना गम्भिर घाइते भएको जनाएको छ। व्यस्त पुल भत्किदा तीसवटा भन्दा बढी गाडीहरु पुलबाट ४५ मिटर तल रेलवे ट्रयाक, भवन र नदीमा खसेका थिए।

स्थानीय समय अनुसारबिहानको झण्डै साढे एघार बजे पुल भत्किएको समाचारहरुमा जनाइएको छ। सो झोलुंगे पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि त्यसको मर्मतसंभार गरिएको थियो। 

इटालीका गृहमन्त्री र यातायातमन्त्री घटनास्थलको निरिक्षण गर्न पुगेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.