|

पर्वत : बेनी–जोमसोम सडकखण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक मंगलबार साँझबाट सञ्चालन भएको छ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने ७६ किलोमिटर लामो सडकमा म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको घाँसासम्म दर्जनौँ ठाउँमा साना ठूला पहिरो खसेका थिए। सडक खुलेपछि मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीयवासीहरु मंगलबार साँझबाट नै गन्तब्यतर्फ लागेका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाका अनुसार म्याग्दीको तितर, काभ्रेभीर, गुइँठे, रुप्से, बैसरी, बेगखोला क्षेत्रमा खसेको पहिरो हटाएर सवारी साधान सञ्चालन गरिएको हो। सडक खुलाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाको डोजर प्रयोग गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.