|

धनकुटा : अघिल्लो हप्तासम्म प्रतिकेजी तीनदेखि पाँच रुपैयाँमा बिक्री भएको गोलभेँडा अहिले प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म बिक्री हुन थालेको छ। भारत निर्यातमा नेपालको गोलभेँडा कृषि उपजको सूचीमा नपरेको बहानामा मूल्य घटेको थियो।

अहिले भारततर्फको नर्यात खुलेसँगै मूल्य बढेको हो। 'अघिल्लो हप्ता ४–५ रुपैयाँमा पनि बिक्री हुन मुस्किल थियो', स्थानीय अगम राईले भने, 'अहिले २० रुपैयाँ सम्ममा बिक्री हुन थालेपछि किसानलाई केही राहत भएको छ।' अघिल्लो वर्ष यो समयमा प्रतिकेजी ७० रुपैयाँसम्ममा गोलभेँडा बिक्री गरेको उनले बताए।  

धनकुटा नगरपालिका–९ बेलहाराका धेरै जसो किसानले गोलभेँडा खेती गर्ने गरेका छन्। त्यसैगरी शहीदभूमि गाउँपालिकाको खोकु, छिन्ताङलगायतका धेरैजसो किसानले गोलभेँडा लगाएका छन्।

विशेषगरी धनकुटाको शहीदभूमि गाउँपालिकाको आँखिसल्ला, छिन्ताङ, खोकु र धनकुटा नगरपालिकाको बेलहारा लगायतका स्थानमा करिब एक हजार हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट धनकुटामा २८ हजार ७ सय १५ मेट्रिक टन गोलभेँडा उत्पादन हुने गरेको छ।

स्थानीय स्तरमा उत्पादन भएको गोलभेँडा मूल्य नपाएको बेला नबिग्रिनेगरी राख्ने शीतभण्डार नभएका कारण किसान मारमा पर्दै आएका छन्। भारतमा निर्भर रहेको नेपाली बजारमा यसरी नै बारम्बरको अवरोधले निकै समस्या भोग्नु परेको किसानको गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.