|

उदयपुर : बेलका नगरपालिका–३ धौरिटप्पुमा जंगली हात्तीको आक्रमण बुधबार बिहान एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय कुमार सार्की रहेका प्रहरीले जनाएको छ।

समूहमा आएको हात्तीले घरमा सुतिरहेका सार्कीलाई उठाएर ५० मिटर पर लागि च्यापेर मारेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक नवीनकुमार सिंहले जानकारी दिए। बिहान साढे ४ बजे हात्तीले घरको टाटी फोरेर सुतिरहेका सार्कीलाई सुढले उठाएर लगेको प्रहरीको भनाइ छ।

हात्ती कोसी टप्पु वन्यजन्तु आरक्षणबाट आएको प्रहरीले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.