|

काठमाडाै‌ं : गायक दीपक बज्राचार्यको 'मन मगन' अब  विभिन्न भाषामा पनि सुन्न सकिने भएको छ। केहि दिनअघि मात्र नेपालभाषामा सार्वजनिक गरिएको 'मनमगन'  चाँडै नै हिन्दी  र अन्य भाषामा समेत रिलिज गर्ने उनको तयारी छ।

गायक  बज्रचार्यको हिन्दी भर्सनलाई भारतको  म्यूजिक कम्पनी डिजिट्युनले प्रचारप्रसार गर्ने भएको छ। यसकालागि लाग्ने सबै खर्च डिजिट्युनले नै व्यहोर्नेछ। 

'नेपाली बाजा, स्थानीय संस्कृतिको प्रचार–प्रसार गरौँ ,संसारलाई नेपाली संगीतमा नचाऔँ' भन्दै गायक बज्रचार्यले नेपाली बाजाहरूको तालमा 'क्रिम अफ रीदम अभियान' अगाडि बढाइरहेका छन्। 

अाठ वर्षअघि पनि उनले क्रिम अफ रीदम अभियान अन्तर्गत  मौलिक बाजाहरू प्रयोगमा काली काली, ओ अमिरा, मायाको डोरीलेलगायतका लोकप्रिय गीतहरु समावेश गरी 'मेड्ली' रिलिज गरेका थिए जसलाई अंग्रेजी भाषामा समेत सार्वजनिक गरिएको थियो। क्रीम अफ रीदमले पप शैलीका गीतमा नेपाली मौलिक बाजाहरुको प्रयोग गरी 'फ्यूजन' गर्दै संसारलाई सुनाउने र नेपाली बाजाको तालमा संसारलाई नचाउने अभियान अघि बढाउँदै आएको छ। 'मन मगन'लाई विश्वव्यापी बनाउन तीन महिनासम्म युरोप, अमेरिका, अष्ट्रेलिया र कोरियाालगायतका देशमा सा‌ंगितिक कार्यक्रम गर्न लागेका  बज्राचार्य अहिले युरोपको सांगीतिक यात्रामा छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.