|

काठमाडौं : फिल्म 'दाल भात तरकारी'को औपचारिक निर्माण घोषणा गरिएको छ। बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। 'मह सञ्‍चार'को ब्‍यानरमा निर्माण हुने फिल्मलाई सुदन केसीले निर्देशन गर्नेछन्।

किरण केसीको प्रस्तुतिमा निर्माण हुने फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ,बसुन्धरा भुसाल, निरुता सिंह, प्रियंका कार्की, वर्षा राउत, पुष्प खड्का, स्वस्तिमा खड्का, विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसी लगायतको अभिनय रहनेछ। फिल्ममा हरिवंशको जोडीका रूपमा निरुता सिंह देखिनेछिन् भने पुष्पको जोडीका रुपमा स्वस्तिमा खड्का रहनेछिन्।

हरिवंश आचार्यको कथा समावेश फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्छ। फिल्मको पटकथा पनि आचार्यले नै तयार गरेका हुन्। ‘दाल भात तरकारी’मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन्।

शम्भुजित बाँस्कोटाको संगीत रहने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहने छ। मंसिर पहिलो साताबाट छायांकनमा जाने फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन् भने सम्पादनको जिम्मा मित्र डि गुरुङले लिएका छन्। फिल्मलाई २०७६ को बैशाख १३ मा रिलिज गर्ने निर्माण युनिटको लक्ष्य रहेको छ।

फोटो : विवेक बस्याल

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.