बाँकी ५ महादेशका अग्ला हिमाल आरोहणपछि विश्व रेकर्ड

|

सोलुखुम्बु :  सगरमाथाको सफल आरोहण गरेर मगर समुदायकै कान्छो आरोहीको रेकर्ड बनाएका दुधकोशी गाउँपालिका निवासी २३ वर्षीय नर्विन मगर विश्‍वकै कान्छो आरोही बनेर कीर्तिमानी कायम गर्ने अभियानमा जुटेका छन्। 'विश्वको कान्छो आरोही बन्ने मेरो लक्ष्य छ।' मगरेले भने, 'यो लक्ष्य पूरा गर्नका लागि दक्षिण अफ्रिकाको किलिमान्जरो हिमालको समेत सफल आरोहण गरीसकेको छु।' 

सातैवटा महादेशको अग्लो हिमाल आरोहण गरेर एसियाकै कान्छो आरोहीको रेकर्ड कायम गर्ने अभियानअन्तर्गत उनले किलिमन्जरो हिमाल चढेका हुन्। अब बाँकी पाँचवटा महादेशका अग्ला हिमाल चढ्ने तयारीस्वरुप अभियान सञ्चालन गरिरहेको बताउँछन् उनी। उनले साउन १९ गतेको दिन बिहान ४:४५ बजे ५८९५ मिटर उचाइको किलिमाञ्जरो हिमाल आरोहण गरेका हुन्।

अब युरोपको सबैभन्दा अग्लो हिमाल इलबु्रस (५६४२ मि.) चढ्ने अर्बिनको भनाइ छ। त्यसपछि क्रमशः अरू हिमाल चढ्ने तयारी गरेको आरोही मगरले जानकारी दिए।

अभियानमा आर्थिक समस्या

विश्वकै कान्छो आरोही बन्ने लक्ष्यसहित अगाडि बढेका मगरलाई अभियान सफल पार्न आर्थिक अभाव भएको छ। हिमाल आरोहण गर्न आफैँमा चुनौतीपूर्ण र खर्चिलो भएकाले आर्थिक अभाव भएको मगरको भनाइ छ। 'आफू समान्य परिवारमा जन्मिएको भएकाले कुनै पनि आर्थिक स्रोत नभएकाले समस्या भयो' मगरले भने, 'पैसाकै कारण अहिले मेरो अभियान अगाडि बढ्न सकेन।'

“सुरक्षित भविष्यका लागि हिमाल बचाऊँ” भन्ने मूलनाराका साथ अभियानमा जुटेका आरोही मगरले अहिले आर्थिक अभावले थप अभियान अगाडि बढाउन समस्या भइरहेको भन्दै सहयोगको अपिलसमेत गरे। एक वर्षभित्र सातवटै महादेशमा रहेको अग्लो हिमालको आरोहण गर्ने उद्देश्य रहेको मगरको भनाइ छ। 'हिमाल बचाउन आजको आवश्यकता हो, जलवायु परिवर्तनको कारण हिमालमा हिउँ घट्ने क्रम बढ्दो छ।' उनले भने, 'केही दशकपछि हिमाल खैरो पाखामा परिणत नहोला भन्न सकिन्न यसको कसरी संरक्षण गर्न सकिन्छ भन्ने सन्देश दिनु पनि मेरो अभियानको मुख्य उद्देश्‍य हो।'

मगरको पारिवारिक अवस्था

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका बासा निवासी बाबा जितबहादुर मगर र आमा तिलमाया मगरको जेठा छोरा हुन्। उनका दुईजना भाइ छन्। आर्थिक अवस्था कमजोर भएका कारण कक्षा ६ पढेपछि पढाइमा ब्रेक गर्नुपरेको उनी बताउँछन्। विगत १४ वर्षदेखि माउण्टेन गाइडको काम गर्दै आएको मगरको भनाइ छ।

कमजोर आर्थिक अवस्थाकै कारण आफूले घर छाडेर हिँड्नुपरेको उनी सुनाउछन्। नेपालको आधादर्जन बढी हिमालको आरोहण गरेको अनुभव बताउने मगरले २९ लाख ५ हजार लागतमा यही जेठ ४ गते बिहान ६:२५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरे। सातवटा महादेशमध्ये २ वटा महादेशको हिमाल आरोहण गरिसकेको र पाँचवटा महादेशको उच्च हिमाल आरोहण गर्ने आफ्नो अभियान छिट्टै पूरा गर्ने उनी सुनाउछन्।

हालसम्म ३१ वर्ष उमेरका व्यक्तिे विश्वको सात अग्लो महादेशको हिमाल आरोहणको रेकर्ड छ। मगरले भने, 'म २३ वर्षको भएँ, एक वर्षभित्रमा आरोहण सक्छु भन्ने लागेको छ, मैले सोचेजस्तो भयो भने म नै कान्छो अरोही बन्नेछु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.