|

काठमाडौ : स्वास्थ्य शिक्षा सुधारको माग राख्दै पटक-पटक अनशन बस्दै आएका त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्था(आइओएम) का प्राडा. गोविन्द केसीले त्रिविका भष्ट पदाधिकारीहरूको चलखेलमा परेर कनिष्ठ तथा पार्टी कार्यकर्ताहरूलाई त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्त गर्ने काम भए आफूलाई स्वीकार्य नहुने बताएका छन्।

केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्। केसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'हाम्रो सुधार अभियान सुरु भएको तथा देशको स्वास्थ्य र मेडिकल शिक्षाको नेतृत्वदायी संस्था त्रिवि शिक्षण अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिका क्रममा हाल भइरहेको चलखेलप्रति हाम्रो गम्भीर ध्यनाकर्षण भएको छ।'

यस्तै डा. केसीले न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्‍याई बर्खास्तीको सिफारिस गरेका त्रिवि पदाधिकारीमाथि उहिल्यै कारबाही हुनुपर्नेमा सरकारले त्यसो नगरेर

निर्देशक सिफारिस गर्न बनेको कमिटीबाट वरिष्ठता र योग्यताका स्थापित आधारमा नभई दलीय बफादारी र भागबण्डाका आधारमा नियुक्तिका लागि नामहरू सिफारिस गरेकोमा आफ्नो आपत्ति रहेको समेत बताएका छन्। 

यता, तत्कालीन कार्यकारी निर्देशक प्राडा दीपक महराले गत ४ साउनमा राजीनामा दिएपछि त्रिवि शिक्षण अस्पतालले हालसम्म पनि निर्देशक पाएको छैन। गएको जेठ तेस्रो साता नियमित कार्याकाल सकिए पनि प्राडा महरालाई त्रिविले तीन महिना  कार्यकाल थपिदिएको थियो। तर, उनले आफ्नो व्यक्तिगत समस्या देखाउँदै राजीनामा दिएका थिए। उनको राजीनामा पछि हाल, काम चलाउ नै भए पनि त्रिवि शिक्षण अस्पतालको निमित्त निर्देशको जिम्मेवारी यतिवेला चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की सहायक डिन प्राध्यापक मन्दिरा वन्तले सम्हालेकी छन्। उनी नर्सिङ प्राध्यापक हुन्। यसले गर्दा नर्सबाट शिक्षण अस्पतालको निर्देशक बन्ने उनी पहिलो व्यक्तिसमेत बनेकी छन्।

प्राडा महराले राजीनामा दिएपछि त्रिविले अस्पतालको निर्देशक बन्न योग्य तीनजनाको नाम सिफारिस गर्न आइओएम डिन प्राडा जगदीश अग्रवालको संयोजकत्वमा तीन सदस्यी सर्च कमिटी गठन गरेको भए पनि कमिटीले आजसम्म अब बन्ने निर्देशकको नाम सिफारिस गर्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.