|

काठमाडौं : सांसद दुर्गा पौडेलले नेपाली उपभोक्ताले पैसा तिरेर विष खाइरहेको बताएकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उपभोक्ता हित संरक्षण विधेयकमा जारी छलफलमा सहभागी हुँदै सांसद पौडेलले विधेयक र ऐन, कानुन भएपनि कार्यान्वयन हुन नसकेकाले यस्तो अवस्था आएको बताइन्।

उनले तरकारी दुध, दही, फलफूल, माछामासु जे खाएपनि पैसा तिरेर विष खाइरहेको बताइन्। उनले त्यस्ता वस्तुले उपभोक्ता रोगी हुने गरेको बताइन्।

उनले विदेशमा खाद्यान्न परीक्षण गरेर मात्रै उपभोक्ताले प्रयोग गर्न लायक भएमात्रै बजारमा पठाइने गरेपनि नेपालमा भने त्यस्तो व्यवस्था नभएको बताइन्। उनले पसलमा म्याद नाघेका सामान हुने र तिनलाई उपभोक्ताको अज्ञानताको फाइदा उठाउँदै सामान बिक्री भइरहेकाले सरकार गम्भीर हुनुपर्ने बताइन्।

सांसद पौडेलले सरकारी चलखेल र कमजोरीका कारण पनि त्यस्तो भइरहेको बताइन्। उनले सरकार यसमा पनि गम्भीर बन्नुपर्ने बताइन्। उनले ऐन आउनुपर्ने तर त्यसको कार्यान्वयनमा सरकार कत्तिको गम्भीर छ भन्ने कुरा महत्वपूर्ण भएको बताइन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.