काठमाडौं : लोकदोहोरी क्षेत्रमा पछिल्लो समयमा फरक र यथार्थपरक गीत गाउँदै आएका गायक शंकर पन्तले तिजलाई लक्ष्य गरेर 'सालीभेना' बोलको तिज गीत सार्वजनिक गरेका छन्।
गायक पन्तको आफ्नै शब्द संगीत रहेको गीतमा गायिक देवीघर्ती मगरले साथ दिएकी छन्। दाइको सालीलाई राम्रो नाचेको प्रशंसा गर्दै माया जालमा पार्न खोजिएको कथालाई गीतमा समावेश गरिएको छ।
यस अगाडिका तिजमा समेत पन्तले “बल्ल अहिले चाल पाएँ” बोलको गीत ल्याएका थिए। पोखरामा रहेर गीत गाउँदै आएका गायक पन्तको यस अगाडि कसम मार्यो मायाले, गाईको बाच्छी, चौतारीमा पर्खलगायतका गीतहरू चर्चित छन्।
हेर्नुस् भिडियो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।