|
प्रतीकात्मक फोटो

कञ्चनपुर : गड्डाचौकी भन्सार कार्यालयका नायव सुब्बा रामप्रसाद भट्टराई घुसको रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा मंगलबार रंगेहात पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय कञ्चनपुरका  प्रहरी नायव उपरीक्षक प्रेम सागर केसीले भट्टराईले सेवाग्राहीबाट नगद १० हजार घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेको बताए। केसीका अनुसार गड्डाचौकी भन्सार कार्यालयबाट आयातीत सामान भन्सार नकाटेरै छोड्नको लागि भट्टराईले सेवाग्राहीबाट नगद १० हजार रुपैयाँ माग गरेका थिए।

घुसको रकमसहित पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं पठाइने तयारी भइरहेको केसीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.