|

काठमाडौं : फिल्म 'बाँध मायाले'को शीर्ष गीत सार्वजनिक भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमबीच फिल्मको गीत रिलिज गरिएको हो। सार्वजनिक उक्त गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर सुन्न सकिन्छ।

कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य दुई कलाकार आर्यन अधिकारी र सृष्टि श्रेष्ठ फिचरिङ छन्। निकै सुन्दर लोकेशनमा छायांकन गरिएको भिडियोमा आर्यन र सृष्टिको केमेष्ट्री मिलेको देखिन्छ। जहाँ उनीहरु निकै रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्।

असोज ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरेका छन्। फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि मुख्य भूमिका रहेको छ भने यसै फिल्मबाट किशोर खड्काले पनि नायकका रूपमा डेब्यु गर्दैछन्। रामहरि धिताल र विभिसिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन्।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.