|

प्युठान : अविरल वर्षासँगै झरेको पहिरोले नौबहिनी गाउँपालिका ४ जाडगाउँमा एकजना बेपत्ता भएका छन् भने २ घर बगाएको छ। बुधबार बिहान घरमाथिबाट खसेको पहिरोमा परी जाडगाउँका ३९ वर्षीय झलक बहादुर सुनार बेपत्ता भएका हुन्।

पहिरोले देव बहादुर सुनार र रमेश सुनारको घरगोठ समेत बगाएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक निर्मल बहादुर बुढाथोकीले जानकारी दिए। 
जिल्ला प्रहरी कार्यालयको १५ टोली घटनास्थलमा पुगी स्थानीयसहित खोजी कार्य जारी छ। बेपत्ता सुनारको उद्धारका लागि खोजी कार्य जारी रहेको बुढाथोकीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.