|
फाइल फोटो

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले संविधानमा उद्योगसम्बन्धी नीति प्रष्ट नहुँदा उद्योग क्षेत्रमा विसंगति बढेको बताएका छन्।

हेटौँडामा उद्योग, वन तथा वातावरण मन्त्रालयको पाश्र्वचित्र सार्वजनिक गर्दै मुख्यमन्त्री पौडेलले स्पष्ट नीतिको अभावले यो क्षेत्रमा विसंगति कायम रहेको बताएका हुन्। उनले उद्योगीले विद्यमान कानुनको पलनासमेत गर्न आनाकानी गरिरहेको अवस्थामा कानुन कार्यान्वयन नै चुनौतिपूर्ण हुने भन्दै आगामी दिनमा उद्योगमैत्री कानुन निर्माण गर्ने दावी गरे। उद्योगीहरूको आकांक्षाअनुसारको ऐन कानुन आउनेमा जोड दिँदै त्यसको कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको बताए। यो प्रदेश साधनस्रोतले सम्पन्न भएकाले औद्योगिक विकासमा जोड दिने उनले बताए।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश सरकार उद्योगमैत्री वातावरण बनाउन तत्पर रहेको बताए। मन्त्रालयका सचिव शिव कुमार वाग्लेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीसहित उद्योग व्यवस्सायीले प्रदेशमा लगानी मैत्री वातावरण बनाउन ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.