|

काठमाडौं: गृहमन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा सूची प्रहरी प्रधान कार्यालयलाई बुझाएको छ। गृहमन्त्रालय स्रोतका अनुसार काठमाडौं प्रहरी परिसर प्रमुखमा एसएसपी वसन्त लामा, ललितपुर प्रहरी प्रमुखमा एसएसपी रवीन्द्र धानुकलाई ल्याउने भएको छ।

लामा यसअघि सनम शाक्य हत्या काण्ड र ३३ किलो सुन तस्करीको सम्बन्धमा अनुसन्धान गर्न सरकारले गठन गरेको विशेष छानबिन समितिका सदस्यसमेत रहेको थिए। धानुकलाई भने गृह मन्त्रालयले पाँच महिनाअघि सरुवा गरेर उनको ठाँउमा विश्वराज पोखरेललाई काठमाडौंको प्रमुखमा ल्याएको थियो।

हाल ललितपुर प्रहरी परिसर प्रमुख रहेका एसएसपी गणेश ऐरका ठाउँमा उनी आउने भएका हुन्। त्यस्तै गृहमन्त्रालयले अन्य ठाउँमा रहेका एसएसपीको समेत सरुवा गरेको छ। एसएसपीभन्दा माथिको सरुवा गृहमन्त्रालयले गर्ने गर्दछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.