|

काठमाडौं : भारतको ७२औँ स्वतन्त्रता दिवस काठमाडौंमा रहेको भारतीय दूतावासमा विभिन्न कार्यक्रम गरी मनाएको छ। यसै अवसरमा दूतावासले भारतलाई स्वतन्त्र गराउने क्रममा योगदान गरेका परिवार तथा नातेदारलाई नगदसहित सम्मान गरेको छ। 

राजदूतावासले एक वीर नारी, सात एकल महिला, तीन मृत सैनिकका निकटतम नातेदार र एक भूतपूर्व अपांग भारतीय सैनिकलाई गरी पाँच करोड ३५ लाख रुपैयाँ नगद दिएको छ। दूतावासले ६८ वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरूलाई १७ लाख रुपैयाँ बराबरको पुस्तक उपलब्ध गराएको छ। त्यस्तै, विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था तथा शैक्षिक संस्थाहरूलाई ३० वटा एम्बुलेन्स र छवटा बसहरू पनि उपलब्ध गराएको छ।

स्वतन्त्रता दिवस मनाउने क्रममा नेपालका लागि भारतका राजदूत मंजीवसिंह पुरीले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए। सन्देशमा भारतले गएको ७१ वर्षमा विभिन्न क्षेत्रहरूमा प्राप्त गरेका उपलब्धिहरूको उल्लेख गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.