|
फाइल तस्बिर

बैतडी : विगत तीन दिनदेखि अवरुद्ध रहेको महाकाली राजमार्ग  सुचारु भएको छ। लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुला सडकखण्डअन्तर्गत मालिकार्जुन गाउँपालिका ३ तेर्छेलेकमा सडक माथिबाट सोमबार बिहान ठूलो पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग बिहीबार दिउँसो साढे ३ बजेपछि सञ्चालनमा आएको  हो।

 बैतडीको पाटनवाट गएको स्काभेटरले पहिरो पन्छाएपछि राजमार्ग सुचारु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए।  यसअघि सोमबारदेखि नै डोजरले पहिरो पन्छाउन प्रयास गरेको भएपनि सडक माथिबाट ठूला चट्टान खसेकोले पन्छाउन नसकेपछि मंगलबार अपरान्हपछि स्काभेटरले पन्छाउन थालेको थियो।

तत्कालका लागि राजमार्ग सुचारु भएको भए पनि पानी पर्‍यो भने अझै उक्त क्षेत्रमा पहिरो जानसक्ने बताइएको छ। राजमार्ग अवरुद्ध हुँदा तीन दिनदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारी साधनहरू आ-आफ्नो गन्तब्य स्थानतर्फ लागेका छन्। उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.