|

बैतडी : क्षेत्र नम्बर 'ख' का प्रदेश सांसद लिलाधर भट्टको शहीद दशरथचन्दलाई कसैकसैले 'पिचास' बनाएर राखेका छन् भन्ने भनाइप्रति शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शहीद दशरथचन्दको नामबाट प्रदेश ७ को नामकरण गर्नुपर्ने कुरा उठिरहेका बेला प्रदेश सांसदले त्यस्तो कुरा गर्नु शहीदकै अपमान हुने ठहर गरेको प्रतिष्ठानले प्रकाशन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, 'शहीदको जगमा प्राप्त भएको लोकतन्त्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले शहीद प्रति विवेकहीन शब्द प्रयोग भएको हाम्रो ठहर छ।' विज्ञप्तीमा यस्ता खालका अभिव्यक्तिले कसैको भलो नहुने भन्दै यस्ता खालको अभिव्यक्ति नदिन आग्रह गरेको छ।

प्रदेश सांसद भट्टले बैतडीस्थित रेडियो निंगलाशैनीको साउन २४ गते एक बहसमूलक कार्यक्रम 'चियोचर्चो'मा शहीद दशरथचन्दलाई कसैकसैले पिचास बनाएर राखेका छन् भन्ने अभिव्यक्ति दिएका थिए। यो विषयमा प्रदेश सांसद लिलाधर भट्टले कसैले पिचास बनाउन खोजेको र त्यो हुन नदिने आफूले अभिव्यक्ति दिएको बताए। उनले भने, 'आफू प्रदेश ७ लाई दशरथचन्दकै नामबाट नामकरण गर्ने प्रयास गरिरहेका बेला कमजोर बनाउने उद्देश्यले यस्तो क्रियाकलाप भएको हो।'

चियोचर्चो कार्यक्रम पूरै नसुनिकन सामाजिक सञ्जाल टिप्पणी गरेको, शहीदको प्रतिष्ठानलाई गैरसरकारी संस्थाको रूपमा दर्ता गरेकाले यस्तो नगर्न उनले आग्रह गरेका छन्। प्रदेश सांसद भट्टको भनाईप्रति सामाजिक सञ्जालमा समेत व्यापक विरोध भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.